काठमाडौं - एमाले र माओवादी केन्द्रले कम्युनिस्ट
पार्टी स्थापना दिवस पारेर बैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् ।
स्थापनापछि पटक पटक फुट
देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन
रोजेका हुन् ।
२००६ बैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना
भएको थियो । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो खबर छ ।
२०१९ सालबाट फुट्न
थालेको कम्युनिस्ट पार्टीका दुईटा मूलधारका रुपमा एमाले र माओवादी छन् ।
अब दुवै मिल्न लागेकाले
कम्युनिस्ट आन्दोलन नै एकीकृत हुने उनीहरुको तर्क छ ।
उक्त दिनसम्ममा एकता खाकालाई अन्तिम रुप दिन दुवै
दलका कार्यदलले काम गरिरहेका छन् ।
No comments:
Post a Comment