एजेन्सी : पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमितको ज्यान गएको देश भारत भएको छ। पछिल्लो २४ घण्टाभित्र भारतमा मात्र ७ सय ४५ जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमहरुमा जनाइएको छ। त्यसैगरी मेक्सिकाेमा पनि पछिल्लाे २४ घण्टामा ७ सय १८ जनाकाे निधन भइसकेकाे अन्तरारराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच भारतमा कोरोना संक्रमितको संख्या १३ लाख नाघेको छ। देशभर एक करोड ५४ लाखको कोरोना परीक्षण गरिसकिएको त्यहाँको सरकारले बताएको छ। साथै भारत विश्वमै कोरोना संक्रमित हुनेको तेस्रो स्थानमा परेको छ। सबैभन्दा बढी संक्रमित भेटिएको अमेरिकामा ४१ लाख नाघिसकेको छ। त्यस्तै ब्राजिलमा समेत २३ लाख नागरिकमा कोरोना संक्रमण भइसकेको पाइएको छ।
भारतमा हालसम्म ३१ हजार मानिसको कोरोनाकै कारण निधन भइसकेको छ।
No comments:
Post a Comment