घाममा सेकाएर राखिएका जहाजमाथि थप विपत्ति
काठमाडौं - नेपाल
वायुसेवा निगमले एक महिनाअघि दुई थान नयाँ चिनियाँ जहाज ल्याए पनि उडाउन सकेको छैन
।
आएदेखि घाममा सेकाएर राखिएका ती जहाजमाथि थप विपत्ति
आइलागेको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय
विमानस्थलमा आफ्नै ह्यागंर छेउ रहेका ती दुईमध्ये एक जहाजमा विदेशबाट आएको बी ७६७
सिरिजको ठूलो (वाइड बडी) आकारको जहाजले ठक्कर दिएको थियो ।
निगमका एक उच्च
अधिकारीले भने,
-यसै पनि घाम तापिरहेको जहाज, त्यसमाथि पनि ठूलो जहाजले ठक्कर दिएपछि अब कति महिना थन्किने हो ठेगान छैन
।
-एउटा जहाज ठक्करपछि थन्किएको छ भने अर्को नयाँ जहाज निगमकै इन्जिनियरको
लापरबाहीले थन्किन पुगेको छ ।

No comments:
Post a Comment