पछिल्लो २४ घण्टामा कोरोनाबाट संसारमै सबैभन्दा बढी मृत्यु भारतमा


एजेन्सी : पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमितको ज्यान गएको देश भारत भएको छ। पछिल्लो २४ घण्टाभित्र भारतमा मात्र ७ सय ४५ जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमहरुमा जनाइएको छ। त्यसैगरी मेक्सिकाेमा पनि पछिल्लाे २४ घण्टामा ७ सय १८ जनाकाे निधन भइसकेकाे अन्तरारराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

यसैबीच भारतमा कोरोना संक्रमितको संख्या १३ लाख नाघेको छ। देशभर एक करोड ५४ लाखको कोरोना परीक्षण गरिसकिएको त्यहाँको सरकारले बताएको छ। साथै भारत विश्वमै कोरोना संक्रमित हुनेको तेस्रो स्थानमा परेको छ। सबैभन्दा बढी संक्रमित भेटिएको अमेरिकामा ४१ लाख नाघिसकेको छ। त्यस्तै ब्राजिलमा समेत २३ लाख नागरिकमा कोरोना संक्रमण भइसकेको पाइएको छ। 

भारतमा हालसम्म ३१ हजार मानिसको कोरोनाकै कारण निधन भइसकेको छ। 

आजको राशिफल



वि.सं. २०७५ साल भदौ १४ गते। बिहीबार। इश्वी सन् २०१८ अगस्ट ३० तारिख। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– चतुर्थी, १९:४२ बजेउप्रान्त पञ्चमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesखर्च लागे पनि पछिका लागि लगानी गर्ने समय छ। रोकिएको काम दोहोर्याएपछि सम्पादन हुनेछ। प्रतिस्पर्धीसँगको द्वन्द्वले काममा सक्रिय बनाउनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपरिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने देखिन्छ। परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। पदासीन व्यक्तिको सहयोग जुट्नेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। भोग–विलासमा मन जाने हुँदा खर्च बढ्न सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerधेरै कामको दायित्व लिनाले बढी परिश्रम गर्नुपर्ला। तापनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। गोप्य सूचना बाहिरिनाले पनि समस्या पर्न सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoघुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। लोकाचारका लागि दिन खर्चिलो बन्न सक्छ। तापनि व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पादन हुनेछ। केही रकम रोकिए पनि व्यापारमा मनग्गे धनलाभ हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraलगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioलक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। घरमा लक्ष्मी भित्र्याउने समय छ। मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। आफ्ना महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornप्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। लोकाचारले खर्च बढाए पनि विशेष उपहार प्राप्त हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusहडबडी गर्दा काम बीचमा काम रोकिन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। सुरुमा चुनौती देखिए पनि पछि लाभ हुने काम गर्न सकिनेछ। अरूको मुख ताक्ने बानीले भने केही पछि परिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्तत: आफैंलाई फाइदा हुनेछ। व्यापारमा लाभ हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। 

आजको राशिफल


आजको राशिफल
वि.स.२०७५ साल वैशाख २२ गते । शनिबार । ईश्वी सन् २०१८ मे ०५ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि पञ्चमी १६ घडी ४० पला,दिउसो १२ बजेर ०४ मिनेट उप्रान्त षष्ठि । नक्षत्र पूर्वाषाडा ४७ घडी २८ पला,रातको १२ बजेर २३ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध १२ घडि ०८ पला,बिहान १० बजेर १५ मिनेट उप्रान्त साध्य । 

करण तैतिल,दिउसो १२ बजेर ०४ मिनेट उप्रान्त गर,रातको १ बजेर ०५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा मातंग योग । चन्द्रराशि धनु । 
काठमाडौंमा सूर्योदय ५ बजेर २४ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ३९ मिनेट । दिनमान ३३ घडी ०८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानि गर्दा पनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाईनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । 
शुभ अंक — १
शुभ रंग — रातो

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानि नहुँने हुँनाले दैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । 
शुभ अंक — ३
शुभ रंग —  खरानि

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुँनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानि गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानि गरि बिलाशि बस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा  आफु तथा शुभचिन्तकहरु खुसि रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
शुभ अंक — ३
शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई हराउँदै नतिजा तपाई आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुँनेछन् भने तपाईको खैरो खन्नेहरु  आफै साईड लाग्नेछन् । बिवादित बिषयहरुको निर्णय तपाई आफ्नै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पुराना सापटि तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।
शुभ अंक — ४
शुभ रंग — सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्यामा गरिएको लगानि बाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानि बढाउँने बाताबरण बन्नेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।
शुभ अंक — ५
शुभ रंग —  कफि

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) घर परिवार, आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । 
शुभ अंक — ६
शुभ रंग  — निलो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अदालति तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथिको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरि छ । पढाई लेखाईमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।
शुभ अंक — ३
शुभ रंग — प्याजी

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।
शुभ अंक — ४
शुभ रंग  — कफि

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।
शुभ  अंक — ६
शुभ रंग —  पहेलो

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानि गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाई लेखाईमा मन जाने छैन भने अल्छि गर्नाले अन्यकाहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।
सकिनेछ ।
शुभ अंक — २
शुभ रंग — निलो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त जन तथा दाजुभाईबाट  भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुँनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।
शुभ अंक — ५
शुभ रंग — खरानि

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिष्पर्धिहरु परास्त हुँनेछन् भने नयाँ काम पाउँने तथा नोकरिमा बुढुवा हुँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ पछि सम्म आम्दानि भईरहने व्यावसायमा लगानि गरि रोजगारिको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा बिजय हुँने योग रहेकोछ भने अन्य साथिहरुलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । 
शुभ अंक — ४
शुभ रंग — पहेलो

तपाईको दिन शुभ रहोस् । 

नेपालमा सवा ६ लाख बालबालिका श्रममा, इँटा उद्योगमा मात्रै ३२ हजार



 नेपालमा मौसमी उद्योगमा करिब सवा ६ लाख बालबालिका निकृष्ट श्रममा लागेको तथ्यांक सार्वजनिक भएको छ ।
ग्लोबल फेयरनेस इनीसीएटीभ (जीएफआई) नामक संस्थाले बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै बालश्रमिकको तथ्यांकबारे जानकारी दिएको हो ।
नेपालमा मौसमी उद्योगमा ६ लाख २१ हजार बालबालिका निकृष्ट श्रममा लागेको र त्यसमध्ये ३२ हजार बालबालिका इँटा उद्योगमा कार्यरत रहेको संस्थाका नेपाल प्रमुख होमराज आचार्यले जानकारी दिए ।
जीएफआईले इँटा उद्योगमा काम गर्ने आधाजसोलाई दुई वर्षको अवधिमा सचेत गराएर ब्यवस्थापन गरिसकेको दाबी गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै संस्थाका नेपाल प्रमुख आचार्यले हालसम्म ४० वटा उद्योगमा पुगेर बालबालिका व्यवस्थापन गर्दा त्यहाँ रहेका ५० प्रतिशत बालबालिकालाई उद्धार गरी ब्यवस्थापन गरिएको बताए ।
उद्योग सञ्चालक र मजदुरलाईसँगै राखेर छलफल गरेपछि त्यहाँ कार्यरत बालबालिकालाई निकाल्न दुवैपक्ष राजी भएको उनको भनाइ छ । उनले गरिएका कार्यबाट सन्तुष्ट भएपछि हाल २०० उद्योगले हाम्रोमा पनि आइदिनु पर्‍यो भनेर बोलाइरहेको बताए ।
प्रमुख आचार्यले इँटा उद्योगमा बाल श्रम मुक्त गर्नका लागि शुन्य सहनशीलता अपनाइएकाले प्रभावकारी भएको बताए । इँटा उद्योग सञ्चालक र मजदुरलाई बाल श्रमिक नराख्दा झैझगडा नहुने र झैझगडा मिलाउँदा जाने समय बयस्क मजदुरले इँटा निर्माणमा लगाउँदा बालबालिकाले बनाएको भन्दा पनि बढी उत्पादन हुने कुरा बुझाएपछि यो मोडेलका रुपमा स्थापित भएको जिकिर गरे । अब यो मोडललाई राज्यले अवलम्वन गरेर काम गर्नुपर्ने आचार्यको भनाइ छ ।
प्रमुख आचार्यले वाल श्रम मुक्त उद्योगको इँटा प्रयोग गरेर होटल, रेष्टुरेण्ट वा त्यसको कुनै एक कोठा भएपनि निर्माण गरेर पर्यटकलाई बुझाउन सके उनीहरुलाई थप रकम शुल्क लिन सकिने वा उनीहरुको बसाइसमेत लम्ब्याउन सकिने उनले जिकिर गरे ।
आचार्यले अब बालश्रम मुक्त उद्योग सञ्चालकलाई सम्मान गर्ने, नराम्रो गर्नेलाई राम्रो गर्न उत्प्रेरित गर्ने र त्यसपछि पनि अटेर गरे दण्ड वा जरिवाना गर्ने नीति लिनुपर्नेमा जोड दिए । यसो गरेर नेपालमा बालश्रम अन्त्य गरेपछि प्रचारप्रसार गरेर अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि र इज्जत बढाउँदै पर्यटनमा आकर्षित गर्न सकिने उनले निश्कर्ष सुनाए ।
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले ग्लोबल फेयरनेस इनीसीएटीभले गरेको काम सुरुअात मात्रै भएकाले यसलाई राज्यले जिम्मा लिएर देशव्यापी बनाउनुपर्नेमा जोड दिए ।
यसैबीच, प्रदेश नम्बर ४ मा निर्माण हुने भवनहरुमा श्रम सम्बन्धी मापदण्ड पूरा गरिएका निर्माण सामग्रीहरुको प्राथमिकताका साथ प्रयोग गर्ने सम्झौता भएको जनाइएको छ । सम्झौतामा पोखरा उद्योग वाणिज्य संघ, घरेलु महासंघ पोखरा, बेटर बि्रक नेपाल, होटल संघलगायतले हस्ताक्षर गरेका छन् ।


केपी ओलीले नदेखेको सिंहदरबारको खाल्डो !



'तीव्रगति'को विकासका लागि 'अधोगति'को ब्युरोक्रेसी बाधक
  तीव्र गतिको विकासको कुरा गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रै रहेको एउटा ठूलो खाल्डो देख्न सकेका छैनन् । जबसम्म ओली नेतृत्वको सरकारले यो खाल्डो सम्याउँदैन, तबसम्म विकास र समृद्धिले तीव्र गति लिन सक्दैन ।
मोटर जतिसुकै आधुनिक होस्, चालक जतिसुकै चलाख होस्, वा यात्रु जतिसुकै दृढ ईच्छाशक्तिवाला नहोस्, अगाडिको बाटोमै खाल्डो छ भने तीव्र वेगको यात्रा हुनै सक्दैन । थोत्रो बाटोमा तीव्रगतिको यात्रा गर्न खोजियो भने पल्टाबाजी खाइन्छ । ओली सरकार अहिले यही भवितव्यमा फस्न थालेको छ ।
राजनीतिक स्थिरता र समृद्धिका वीचमा भ्वाङ
देशको वर्तमान वस्तुस्थितिको विश्लेषण गर्ने सन्दर्भमा प्रधानमन्त्री ओली र उनको टीमभित्र भाष्मै केही त्रुटी देखिएका छन् ।
जस्तो कि- प्रधानमन्त्री ओलीले भन्ने गरेका छन्ः देशमा राजनीतिक संक्रमणकाल सकिएको छ र राजनीतिक स्थायित्व कायम भएको छ । खराब तत्वहरु पराजित भएका छन् । अब देश तीव्रगतिको आर्थिक विकासमा अघि बढ्छ । अब नेपाल बन्छ-बन्छ ।
प्रधानमन्त्रीले भनेजस्तै अनि नेपाली जनताले खोजेजस्तै देशमा स्थिर सरकार बनेको छ । यस आधारमा भन्नुपर्दा राजनीतिक स्थायित्व कायम भयो भन्ने प्रधानमन्त्रीको निश्कर्ष सही नै छ । तर, यति नै तर्कका आधारमा मुलुक अब तीव्र गतिका साथ विकास र समृद्धिको बाटो अघि बढ्ने दाबी अझै पत्याउन सकिँदैन ।
देश बन्दैन भनेर निराश नहुन प्रधानमन्त्री ओलीले भर्खरै रारा तालमा पुगेरसमेत ऐलान गरेका छन् । जनतामा आशा जगाउन जरुरी रहेको उनले बताएका छन् । प्रधानमन्त्रीको यो भनाइ पनि सही नै छ । तर, देश बनाउन जनतामा जगाइने आशा र विश्वासले मात्रै पुग्दैन, देश बनाउन सरकारको कार्यशैली वैज्ञानिक र जनपक्षीय हुनु पहिलो शर्त हो ।
राजनीतिक स्थिरता र समृद्धिवीचमा हामीले फड्कनुपर्ने एउटा खाल्डो वा अन्तरविरोध अझै बाँकी नै छ । यो खाडललाई निर्वाचित राजनीतिक नेतृत्व र पुरानो ब्यूरोक्रेसीवीचको प्रधानअन्तरविरोध पनि भन्न सकिन्छ
दुःखको कुरा के छ भने हिजो राजनीतिक अस्थिरता र संक्रमणकालका बेलाको भ्रष्ट एवं जनविरोधी चरित्रको ब्युरोक्रेसी ओली सरकारका पालामा पनि उस्तै सक्रिय देखिएको छ । प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलता भनिरहेका छन्, कर्मचारीहरु भ्रष्टाचार, चाकडी अनि कमिसनतन्त्रमा विगतकै जसरी लिप्त बनिरहेकै छन् । यस्तै भ्रष्ट कार्यशैलीले ओली सरकारको गाडी तीव्रगतिमा कसरी अगाडि बढ्ला ? यो प्रश्न अहिलेको तीतो सत्य हो ।
वर्तमान राजनीतिक परिस्थितिबारे यसो भन्न सकिन्छ- चुनावपछि राजनीतिक स्थिरता कायम भएता पनि राजनीतिक स्थिरता र समृद्धिवीचमा हामीले फड्कनुपर्ने एउटा खाल्डो वा अन्तरविरोध  अझै बाँकी नै छ । यो खाडललाई निर्वाचित राजनीतिक नेतृत्व र पुरानो ब्यूरोक्रेसीवीचको प्रधानअन्तरविरोध पनि भन्न सकिन्छ ।
निश्चय नै ओली सरकार विकास र समृद्धिको बाटोमा अघि बढ्न चाहिरहेको छ । तर, विगतमा भ्रष्ट बनिसकेको ब्युरोक्रेसी समृद्धिको यात्राको साधक नभई बाधक देखिएको छ । यो चरम अन्तरविरोधको हल नगरेसम्म विकास र समृद्धि कोरा भाषणमा मात्रै सीमित हुने पक्कापक्की छ । यो अन्तरविरोधपूर्ण परिस्थितिलाई प्रधानमन्त्री केपी ओलीले राम्ररी पर्गेल्न सकिरहेका छैनन् ।
भ्रष्ट एवं कामचोर कर्मचारीतन्त्रमा इमान्दारिता र व्यवस्थापकीय गतिशीलता नआउँदासम्म मन्त्रीहरुले ट्याउँ-ट्याउँ कराएरमात्रै समृद्धिको ढोका खुल्दैन । मन्त्रीहरु कराउँदै गर्छन्, कर्मचारीहरु पुरानै तरिकाले झोला भर्दै गर्छन् । प्रधानमन्त्री नैतिक शिक्षा दिँदै गर्छन्, कर्मचारी र विचौलियाहरु अनैतिक धन्दा चलाइरहन्छन् ।
प्रधानमन्त्रीलाई दृष्टान्त चाहियो ?
राजनीतिक संक्रमण सकियो, तर प्रशासनिक संक्रमण सकिएको छैन भन्ने तथ्य बुझ्नका लागि सरकारलाई समस्या छ भने केही दृष्टान्त दिन सकिन्छ-
एक- हालै सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदन प्रधानमन्त्री ओली र अन्य मन्त्रीहरुले अवश्यै पढेको हुनुपर्छ । त्यसैले बताउँछ, अहिलेको हाम्रो कर्मचारीतन्त्रको आत्मगत र देशको वस्तुगत स्थिति ।
के शक्तिशाली प्रधानमन्त्रीले महालेखाले औंल्याएका विकृतिहरु समाधान गर्न सक्छन् ? कहिलेसम्म यो काम सकिन्छ ? जहिलेसम्म सकिँदैन, त्यतिबेलासम्म समृद्धिले गति लिनु त परै जाओस्, समृद्धिको गाडी नै स्टार्ट हुन सक्दैन ।
आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गर्नेमाथि ओली सरकारले प्रश्नसम्म सोध्न सकेको छैन । यस्तो निरीह सरकारले अधिकारमात्रै आफूमा लिएर केही काम छैन ।
ओली सरकारले प्रशासनिक संक्रमणकालको अन्त्य गर्ने हो भने आगामी वर्ष महालेखाको प्रतिवेदन हेर्दै बैराग मान्नुपर्ने स्थिति दोहोरिन दिनुहुँदैन ।
ओली सरकार गठन भएपछि पनि मालपोत, सिडियो कार्यालय, नापी, अदालत, वैदेशिक रोजगारलगायतका सेवाप्रदायक कार्यालयहरुमा घुस खाने र खुवाउने क्रममा केही पनि फरक आएको छैन । घुस खाने कर्मचारीका लागि देउवा सरकार वा ओली सरकार हुनुले कुनै फरक परेको छैन । लालबाबु आउन वा दीपक बोहोरा, केही फरक देखिएको छैन । वनलगायत प्राकृतिक स्रोत साधनमाथिको लुट र खस्यौट यथावत छ । यस्तै पाराले देशमा समृद्धि हुने भए त अघिल्लै सरकारहरुका पालामै भइसक्ने थियो ।
अधिकांश एमाले र माओवादीकै कर्मचारीहरुले ओली सरकारको समृद्धि र सुशासनको डुंगामा दुलो पारिरहेका छन्, सिंहदरबारभित्र
देश अहिले पनि विचौलियाहरुको हातमा छ । तरकारी बजारदेखि सिंहदरबारसम्म विचौलियाहरुको बिगबिगी छ । सिंहदरबारमा कथित प्रोजेक्टहरु लिएर पुग्ने दलाल र विचौलियाहरु हिजो जयनेपाल भन्दै हिँड्थे, अहिले अभिवादन कामरेड भन्दै हिँडिरहेका छन् । भाषा फरक छ, ढर्रा पुरानै छ । बजेट माग्दै जिल्ला जिल्लाबाट सिंहदरबार धाउने पावर ब्रोकरहरुमा कुनै कमी देखिएको छैन, अर्थमन्त्री युवराज खतिवडा बनुन् वा रामशरण महत ।
शिक्षामा महंगी र व्यापारीकरण चलाउने पुरानै गिरोह सक्रिय छ । निम्नमध्यम र मध्यम वर्गका अविभावकहरु छोराछोरीको महंगो शिक्षाको चिन्ताले गत वर्षजस्तै पिरोलिएका छन् । शैक्षिक माफियाहरु विगतकै जसरी सल्बलाइरहेकै छन् ।
सरकारी गाडी र स्रोतहरुको दुरुपयोग गर्ने, कार्यालय बाहिर होटलहरुमा गोष्ठी गरेर मन्त्रालयको सम्पत्ति सिध्याउने, मसलन्द लगायतका सामाग्रीहरुको खरिदमा कमिसन खाने, गाडी मर्मत गरेको भनेर सरकारी सम्पत्ति दुरुपयोग गर्ने जस्ता स-साना दुले भ्रष्टाचारीहरु हाम्रो वाम सरकारभन्दै विगतकै तरिकाले देशलाई खोक्रो बनाइरहेका छन् ।
यता प्रधानमन्त्री ओली सुशासनको भाषण गर्दैछन्, उता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अगुवाहरु तारेहोटलमा डिनर कार्यक्रम राख्दैछन्  । वन तथा वातावरण मन्त्रालयका कर्मचारीहरु गोष्ठीका नाममा धुलीखेलतिर रातै बस्दै जाने क्रम जारी छ । पुरानो ढर्रामा कतै पनि बदलाव आएको छैन ।
सबैभन्दा चिन्ताको विषय त यो छ कि भ्रष्ट कर्मचारीहरु ओली सरकारसँग रत्तिभर डराएका छैनन् । लालबाबु भाषण गर्दै गर्छन्, स्थानीय तह खाली भइरहन्छ । कर्मचारीतन्त्रमा ट्रेड युनियनको हालीमुहाली जारी रहन्छ । घुसखोरी जारी रहन्छ । अधिकांश एमाले र माओवादीकै कर्मचारीहरुले ओली सरकारको समृद्धि र सुशासनको डुंगामा दुलो पारिरहेका छन्, सिंहदरबारभित्र ।
प्रधानमन्त्री ओलीका सीमाहरु
प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भन्ने गरेका छन् कि उमेरको सीमा हुन्छ, तर इमानको कुनै सीमा हुँदैन ।
सिद्धान्ततः प्रधानमन्त्रीको यो दार्शनिक प्रस्तावना सौन्दर्यमय लाग्छ । तर, देश परिवर्तन गर्नका लागि असीमित इमानले मात्रै पुग्दैन, त्यो इमानलाई कार्यान्वयनमा लैजाने वैज्ञानिक कार्यशैली र व्यवस्थापकीय क्षमता पनि चाहिन्छ ।
जनता त अब प्रधानमन्त्री ओलीको भाषण सुन्न हैन, ‘परफरमेन्सहेर्न चाहन्छन् । जनताले निभाउनुपर्ने कर्तव्य चुनावमा निभाइसके, अब मूल्य चुकाउने पालो प्रधानमन्त्रीको हो । वाम सरकारको हो
थिल्थिलो बनेको देशले यतिबेला इमान्दार मात्र होइन, दक्ष र कुशलताले भरिपूर्ण नेतृत्व खोजेेको छ । गफले देश बन्दैन । घमण्ड, बाकपटुता वा स्पष्टीकरणले मात्रै पनि देश बन्दैन । देश बनाउन संकल्पले मात्रै पुग्दैन, काम चाहिन्छ ।
यो कुरामा कुनै विवाद छैन कि लोकतन्त्रका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले निकै लामो त्याग र संघर्ष गरेका छन् । १५ वर्षजति त जेलमै बसेका छन् । उनी जेल बसेका बेला अहिलेका कतिपय मानिस जन्मिएकै थिएनन् । (हुन त लामो जेल बसाइले त्याग शिद्ध हुन्छ, तर, व्यक्तिभित्र दक्षता र क्षमता अभिवृद्धि हुँदैन, जेलभित्र बसेर किताबहरु त पढ्न सकिन्छ, तर समाज विकासको गतिलाई बुझ्न कठिनाइ हुन्छ । )
जिम्मेवार नेताले लामो समय जेल बसेको एउटै कुरो दोहोर्‍याउँदैमा विकास र समृद्धिको मूल फुट्दैन । यस्तो कुरा धेरैपटक दोहोर्‍याइयो भने नेताले आफ्नो महत्ता प्रकट गरेको नकारात्मक सन्देश जान सक्छ । प्रधानमन्त्री ओलीले आफ्नो विषयमा बारम्बार बोल्न किन जरुरी छैन भने उनको त्याग र संघर्षबारे जनता जानकार भइसकेका छन् । यही भएर त उनलाई बहुमत जनताले मुलुकको कार्यकारी प्रमुख बनाएका हुन् ।
जनता त अब प्रधानमन्त्री ओलीको भाषण सुन्न हैन, ‘परफरमेन्सहेर्न चाहन्छन् । जनताले निभाउनुपर्ने कर्तव्य चुनावमा निभाइसके, अब मूल्य चुकाउने पालो प्रधानमन्त्रीको हो । वाम सरकारको हो ।
प्रधानमन्त्री ओली निश्चय नै त्याग र संघर्षका प्रतीक हुन् । तर, उनले देश कसरी अघि बढाउलान् भन्ने कुराको परीक्षा नै हुन पाएको छैन । उनीसित इमानको सीमा नहोला, तर कार्यशैलीगत विषयमा सीमाहरु देखिएकै छन् । उनी देवता होइनन्, हामीजस्तै मानिस हुन् ।
प्रधानमन्त्री ओली तीव्रगतिको विकास र समृद्धि भनिरहेका छन्, तर यसबारे कुनै योजना र कार्यक्रम छैन । सपनाहरु छन्, कार्यक्रम छैनन् । अब नयाँ आर्थिक वर्षको बजेटको गृहकार्य भइरहेका बेला त्यस्तो खाका र कार्यक्रमको प्रतिक्षा गर्न सकिन्छ । ओली सरकारको सय दिन पूरा हुन अझै बाँकी छ ।
तर, फेरि पनि यसमा प्रधानमन्त्रीको ध्यानाकर्षण हुन जरुरी छ- राजनीतिक संक्रमणकाल सकियो, अब प्रशासनिक संक्रमणकालको घुम्ती पार गरौं, अनि बल्ल देश समृद्धि र विकासको मूल सडकमा पुग्ने छ । यसका लागि तीन चिजको अन्त्य अपरिहार्य शर्त हो- भ्रष्टाचार, भ्रष्टाचार र भ्रष्टाचार ।