काठमाडौं - सिंहदरबारस्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय
अगाडि पार्किङ गरी राखेको अवस्थामा चैत १ गते चोरी भएको सोही मन्त्रालयको बा १ ब
९९१३ नम्बरको मोटरसाइकलसहित चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही मन्त्रालयमा
कार्यरत कार्यालय सहयोगी ललितपुर पुल्चोक बस्ने चितवन रत्ननगर नगरपालिका ७ का ३२
बर्षीय रमेश सुनार र उनैका भाइ ३० बर्षीय दिनेश सुनार रहेका छन् ।
अनुसन्धानमा खटिएको प्रहरीले
रमेशलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा मोटरसाइकल दिनेशलाई दिएको खुल्न
आएको प्रहरीले जानकारी दियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा मोटरसाइकलसहित
दिनेशलाई बिहीबार चितवनाट पक्राउ गरिएको हो । आजको नोपल समाचारपत्रको
पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

No comments:
Post a Comment