काठमाडौं– निर्वाचन पराजय समीक्षाका लागि बोलाइएको नेपाली काँग्रेसको केन्द्रीय
समितिको वैठकमा पार्टी नेतृत्वको कडा आलोचना भएको छ । नेतृत्व अराजक र अराजनीतिक
भएको भन्दै नेताहरुले आलोचना गरेका छन् ।
सभापति अराजक र अराजनीतिक –सिंह
बैठक शुरु हुनासाथ पूर्व महामन्त्री प्रकाशमान सिंहले आठ पानाको लिखित मन्तव्य सुनाएका थिए । सिंहको लिखित मन्तव्यमा अधिकांश अंश पार्टी नेतृत्वको कमजोरीहरु देखाइएको छ । सिंहले सुशील कोइरालालाई प्रधानमन्त्रीमा पुनः प्रस्ताव गरेसँगै नेपाली काँग्रेसको अधोगति शुरु भएको उल्लेख गरेका छन् । चितवनमा माओवादी केन्द्रकी रेणु दाहाललाई सघाएर आफ्नो उम्मेदवारी फिर्ता बोलाउनु पनि नेतृत्वको गम्भीर गल्ती भएको उनले बताए ।
बैठक शुरु हुनासाथ पूर्व महामन्त्री प्रकाशमान सिंहले आठ पानाको लिखित मन्तव्य सुनाएका थिए । सिंहको लिखित मन्तव्यमा अधिकांश अंश पार्टी नेतृत्वको कमजोरीहरु देखाइएको छ । सिंहले सुशील कोइरालालाई प्रधानमन्त्रीमा पुनः प्रस्ताव गरेसँगै नेपाली काँग्रेसको अधोगति शुरु भएको उल्लेख गरेका छन् । चितवनमा माओवादी केन्द्रकी रेणु दाहाललाई सघाएर आफ्नो उम्मेदवारी फिर्ता बोलाउनु पनि नेतृत्वको गम्भीर गल्ती भएको उनले बताए ।
तत्कालीन प्रधानन्यायधीशको
महाअभियोग लगाउने कुत्सित प्रयास र सर्बोच्च
अदालतको निर्णयको बिरूद्ध काँग्रेस केन्द्रीय कार्यसमिति वैठकले खेद
प्रस्तावनै पारित गर्नु सैद्धान्तिक बिचलन भएको उनले बताए । पार्टी
आदर्श र सिद्धान्त विपरित अदालतको आन्तरिक मामिलामा फस्नु काँग्रेसको
ऐतिहासिक भुल भएको उनको ठम्याई छ ।
सिंहले वर्तमान पार्टी सभापतिजीले नेपाली काँग्रेसको विधानलाई पूरै बेवास्ता गरेर अप्रजातान्त्रिक एवम् अराजक शैलीमा पार्टी सञ्चालन गरेको भन्दै देउवाको कडा आलोचना गरेका थिए ।
सिंहले वर्तमान पार्टी सभापतिजीले नेपाली काँग्रेसको विधानलाई पूरै बेवास्ता गरेर अप्रजातान्त्रिक एवम् अराजक शैलीमा पार्टी सञ्चालन गरेको भन्दै देउवाको कडा आलोचना गरेका थिए ।
वामदलको कब्जाबाट मुलुकलाई मुक्त
गर्न सक्नुहुन्न्–सिटौला
सिंह पछि बोलेका अर्का पूर्व
महामन्त्री कृष्ण सिटौला पनि नेतृत्वको पार्टी सञ्चालन कार्यशैली नभएको भन्दै
देउवाबिरुद्ध खनिए । करिब ५० मिनेट बोलेका सिटौलाले चुनावी समिक्षा प्रतिबेदन
बैठकमा वितरण नगरिएको भन्दै शुरुमै आपत्ति जनाए । उनले जिल्लाबाट चुनावी समिक्षा
प्रतिवेदन ल्याएर पदाधिकारीले बैठकमा प्रस्तुत गर्न नसकेको भन्दै नेतृत्वको आलोचना
गरे ।
राष्ट्रपति काँग्रेसले लिएर
प्रधानमन्त्री अरु दललाई छोड्न नसकेको जगबाटै नेपाली काँग्रेसको कमजोरी भएको उनले
बताए । सुशील कोइराला प्रधानमन्त्री बनेसँगै नेपाली काँग्रेसको क्षयीकरण आरम्भ
भएको उनको निश्कर्ष थियो । सिटौलाले काँग्रेस क्षयीकरणमा देउवासँगै पौडेलको पनि
दोष रहेको बताए । कोइरालाको प्रस्तावक देउवा बनेको समयमा पौडेल समर्थक भएर गल्ती
गरेको उनले बताए ।
‘निरन्तरको
त्रुटिका कारण वर्तमानको परिणाम हो’उनले भने । राज्यका सबै अंगमा कमजोर हुँदै गएको काँग्रेसले प्रचण्डलाई
पनि थाम्न नसक्नु अर्को भुल भएको उनले बताए । चितवन काण्ड काँग्रेसको इतिहासमा
ठूलो गल्ति भएको उनले बताए ।
गठबन्धन वनाइएका दलहरुले
काँग्रेसलाई समर्थन नगरेको भन्दै नेतृत्वले त्यस विषयमा आत्मसमीक्षा नगरेको उनको
भनाई थियो । ‘चुनावी तालमेलको रणनीतिमा काँग्रेस फेल भएको छ । एजेण्डा जनतासमक्ष
लान सकिएन । ’ उनले भने । कार्यसम्पादन समिति र संसदीय समितिमा देउवाले विधान विपरित
सदस्यहरु चयन गरेको भन्दै सभापतिको आलोचना गरे ।
नेपाली काँग्रेस समाजवादी पार्टी
भएपनि तद्अनुरुप सञ्चालन नभएको उनले बताए । काँग्रेसको घोषित सिद्धान्त र
ब्यबहारमा ठुलो अन्तर रहेको सिटौलाले बताए । पार्टीको आमुल परिवर्तन नगरि काँग्रेस
सुध्रिन नसक्ने बताउँदै सिटौलाले अन्यथा परिवर्तित परिस्थितिलाई काँग्रेसले
नेतृत्व दिन नसक्ने बताए । सिटौलाले महाधिवेशन वा छिट्टै महासमिति बैठक बोलाउन
आग्रह समेत गरेका थिए । महासमितिको बैठक भीड जम्मा गर्ने मात्रै नभएर एजेण्डामा
आधारित हुनुपर्ने उनको भनाई थियो । गम्भिरतापूर्वक छलफल भएर नयाँ काँग्रेस
बन्नुपर्ने उनको धारणा थियो ।
नेपाली काँग्रेसको हार हुनुमा
नेतृत्वको रणनीतिक असफलता भएको उनले बताए । उनले भने ‘काँग्रेस
नेतृत्वविहीन भएको अवस्था हो ।’
सिटौलाले सभापतिले पार्टी तथा संगठनहरु कब्जा
गर्न सक्ने तर वामपन्थीको पञ्चाबाट मुलुकलाई मुक्त गराउन भने नसकेको आरोप लगाए । सामन्ती
व्यबस्थाहरु नेपालबाट हटेको तर त्यसले विकास गरेको सामन्ती संस्कार नेपाली
काँग्रेसमा यथावत रहेको उनले ठम्याई थियो । सिटौलाले बाम गठवन्धनबाट
संविधान विपरित सभामुख र उपसभामुख चयन गरिएको भन्दै त्यसको विरोधमा संसदमा नेपाली
काँग्रेसको भूमिका निरीह रहेको बताए । ‘संविधान विपरित वामदलले कार्य गरेको भन्दै संसद अवरुद्ध गर्न
काँग्रेसले किन नसकेको ?’ उनले नेतृत्वलाई प्रश्न गरे ।
गुटको अन्त्य सभापतिवाट शुरु
गरौं –खड्का
काँग्रेस केन्द्रीय सदस्य डा.नारायण
खड्काले गुट उपगुटका कारण दल पराजित भएको भन्दै गुट अन्त्य गर्न जोड दिए । मुख्य
नेताहरु सवैको गुट रहेको बताउँदै खड्काले गुटको अन्त्य पार्टी सभापतिवाट शुरु
हुनुपर्ने बताए ।
वहुप्रतिक्षत काँग्रेसको केन्द्रीय
समितिको वैठक निर्धारित समयभन्दा करिब एकघण्टा पछि शुरु भएको थियो । तीनजना मात्रै
वोलेर सकिएको वैठक शनिबार विहान ११ वजे पुनः बस्नेछ ।
No comments:
Post a Comment