सत्ता सम्हालेपछि किमको पहिलो विदेश भ्रमण
एजेन्सी - चीन भ्रमणमा रहेका उत्तर कोरियाका नेता किम जोंग उन र चिनीयाँ राष्ट्रपति र
शी जिनपिंगबीच भेटवार्ता भएको छ ।
चीनको सरकारी समाचार
संस्था सिन्ह्वाका अनुसार राजधानी बेइजिङमा चिनीयाँ राष्ट्रपति शी जिनपिंग र किम
जोंग उनबीच भेटवार्ता भएको छ ।
गत महिना मात्रै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता किमले दिएको भेटवर्ताको निम्तोलाई
स्विकार गरेका थिए ।
ट्रम्प प्रशासनसँग
वार्ता गर्नुअघि उत्तर कोरिया र चीनका नेताहरुले भेट गर्नसक्ने विश्लेषकहरु बताएका
छन् ।
उत्तर कोरियाको लागि
चीन प्रमुख आर्थिक सहायता गर्ने राष्ट्र हो ।
सिन्ह्वाका अनुसार, नेता किमले चिनीयाँ समकक्षीसँग आणविक कार्यक्रम बन्द गर्न प्रतिवद्धता
जनाएको सिन्ह्वाले लखेको छ ।
सन् २०११ मा उनले सत्ता सम्हालेपछिको यो
किमको पहिलो विदेश भ्रमण हो ।

No comments:
Post a Comment