दार्चुला
- भारतले सीमा नदी महाकालीमा एकतर्फी रुपमा
निर्माण गरेका ३ वटा काठेपुल स्थानीय बासिन्दाले भत्काइदिएका छन् ।
गत फागुनमा भारतले
नेपालको अनुमतिविना व्यास गाउँपालिका २ दुम्लिङस्थित महाकालीमा अस्थायी प्रकृतिका
काठे पुल निर्माण गरेको थियो ।
प्रहरीका अनुसार मंगलबार दुम्लिङका स्थानीयले पुल
भत्काएर महाकालीमा फालेका हुन् । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।
भारतले सडक निर्माण
समाग्री ढुवानी गर्न घाटीबगडदेखि दोपख्यासम्म ४ वटा पुर र हेभी इक्विपमेन्ट गुड्ने
करिब डेढ सय मिटर ट्रयाक बनाएको थियो ।
समाचारमा लेखिएको छ, उसले सोही क्षेत्रमा
दुई किलोमिटर पैदल मार्गसमेत निर्माण गरेको थियो ।

No comments:
Post a Comment