नेपाली क्रिकेट टिमका कप्तान
पारस खड्काले खेलाडीहरुले आफ्नो जिम्मेवारी पुरा गरेर फर्किएको बताएका छन्।
जिम्बाब्वेमा
विश्वकप छनोट प्रतियोगितामा सहभागी भएर वान डे मान्यता पाएको नेपाली क्रिकेट टिम
सोमबार काठमाडौं ओर्लेपछि पारसले सिमित पुर्वाधार र सुविधाबीच पनि खेलाडीहरुले
देशका लागि सक्दो मेहनत गरेर आएको बताएका हुन्।
सिमित
स्रोत र साधनबीच पनि नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धि वान डे
इन्टरनेशनल मान्यता पाउन सकेको भन्दै पारसले अब सरकार र खेलका जिम्मेवार पक्षले
पूवार्धार खेलाडीको हेरचाहमा ध्यान दिनुपर्ने बताए।
पारसले
धेरै वर्षदेखिको आफूहरूले देखेको सपना पुरा भएको भन्दै नेपाली क्रिकेट टोलीका लागि
यो खुसीको क्षण भएको बताए। उनले अझै राम्रो प्रदर्शन गरेर टेस्ट मान्यता पनि लिन
आतुर रहेको र त्यसका लागि राज्यले क्रिकेटलाई विशेष लगानी गर्नुपर्ने बताए।

No comments:
Post a Comment