काठमाडौँ–
यातायात व्यवस्था विभागले २० वर्ष पुराना ९४
वटा सार्वजनिक सवारी जफत गरेको छ । चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था
कार्यालयले सडकमा अनुगमन गरी २० वर्ष पुराना सवारी जफत गरेका हुन् ।
प्रदूषण र सवारी
दुर्घटना बढेको भन्दै सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी चैत
१ गतेदेखि देशभरका सडकमा २० वर्ष पुराना सार्वजनिक यातायात गुड्न रोक लगाएको थियो
। विभागले फागुन मसान्तसम्म २० वर्ष पुराना सवारी
पत्रुका लागि निवेदन दिन व्यवसायीलाई सूचित गरेको थियो । त्यस अवधिमा १२७ सवारी
पत्रु गर्न १४ अञ्चल कार्यालयमार्फत् विभागमा निवेदन प्राप्त भएको महानिर्देशक
रुपनारायण भट्टराईले जानकारी दिए ।
देशभर २० वर्ष पुराना
सवारीको संख्या १६ हजार ९६१ रहेको विभागले जनाएको छ । सरकारले हरियो प्लेट, मिटर ट्याक्सी र अन्य सार्वजनिक यातायातका सवारीलाई २० वर्षे नियम लगाएको
हो । निजी र सरकारी नम्बर प्लेटका २० वर्ष पुराना सवारी पनि हटाइनुपर्ने यातायात
क्षेत्रका विकृतिविरुद्ध आवाज उठाइरहेका भक्तपुरका रामबहादुर थापाले माग गरे ।
निजी र सरकारी नम्बर प्लेटका २० वर्ष पुराना सवारी
गुड्न निषेध नगर्दा सडकमा प्रदूषण कम हुन नसकेको उनले बताए । यातायात व्यवसायीको
विरोधका बाबजुद विभागले सडकमा २० वर्ष पुराना सवारी गुडे÷नगुडेको निरीक्षणलाई निरन्तरता दिएको छ ।

No comments:
Post a Comment