राजपालाई आइलाग्यो आपत्, केन्द्रीय कार्यालय खाली गराउन माग

काठमाडौँ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) भाडामा रहेको मञ्चको कार्यलय भवन खाली गराउन माग गरेका छन् । 
आजदेखि बसेको मञ्चको पूर्ण बैठकमा सो माग उठेको हो । 
बबरमहलमा रहेको मञ्चको कार्यालय भवनमा राजपा नेपाल भाडामा बसेको छ । मञ्च राजपा नेपालको भातृ संगठन नभएको हुनाले सो दललाई त्यस भवनमा कार्यालय राख्न दिन नहुने तर्क दिँदै झापाका कमलदेव चौधरीले पार्टी कार्यालय तत्काल हटाउनुपर्ने माग गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी गराए ।
मञ्चले मधेशका राजपा नेपाल र फोरम नेपाललाई समान दृष्टिले हेरेको तर मञ्चका केही पदाधिकारीले आफ्नो व्यक्तिगत स्वार्थमा यसलाई राजपा नेपालको भातृ संगठन जस्तै बनाइदिएको आरोप विजयकुमार सिंहले लगाएका थिए ।
 
मञ्चका पूर्वअध्यक्ष सिंहलाई राजपा नेपालका नेताहरुले जागिरबाट राजीनामा दिन लगाए पनि प्रदेशको समानुपातिक सदस्य नबनाएको गुनासो पनि बैठकमा भएको थियो ।
‘समानुपातिक सांसद बनाउँछु भनेर जागिरमा रहेका विनोद सिंहलाई राजीनामा गर्न लगाइयो । तर, सांसद बनाइएन । यस कुरामा पनि मञ्चका पदाधिकारी तथा सदस्यहरु आपत्ति जनाउँदै आक्रोश प्रकट गरे,’ मञ्चका एकजना पदाधिकारीले भने ।
सिंहलाई समानुपातिक सदस्य नबनाएपछि मञ्चका पदाधिकारी तथा सदस्यहरुले राजपा नेपालको पार्टी कार्यालयमा तोडफोडसमेत गरेका थिए । 

No comments:

Post a Comment