जब देउवाले प्रकाशमानलाई हकारे
काठमाडौं - कांग्रेस बैठकमा शनिबार आठ जना केन्द्रीय सदस्यले
धारणा राखेका छन् । बैठकमा
गुटगत आरोप-प्रत्यारोप भएको छ । संस्थापन
पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला
पक्ष आलोचनामा उत्रिए । आजकोनयाँ पत्रिकामा यो समाचार छापिएको छ ।
मर्यादाक्रममा
श्रेष्ठलाई अगाडि राखिएको व्यहोरा संयोजक कार्कीले पढेर सुनाउन नभ्याउँदै कांग्रेस
बैठकमा लफडा सुरु भयो । सिंहबाहेक रामशरण महत, बलबहादुर केसीसहितका
नेताले मर्यादाक्रममा आफूहरूको पनि असन्तुष्टि रहेको, तर एकजनाको मात्रै टुंग्याएको भन्दै आपत्ति जनाए ।
‘प्रकाशमानले आपत्ति जनाएपछि उनको समर्थनमा बलबहादुर
उठे, अनि महेन्द्र यादव पनि उफ्रिन थाले,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने । नेता यादव सुशील
कोइराला सभापति हुँदा पनि मर्यादाक्रममा समस्या हुँदा आफूहरू चुप लागेको भन्दै
बैठकमा उफ्रिएका थिए । ‘हामी पहिले पनि सन्तुष्ट थिएनौँ । चन्द्र
भण्डारीभन्दा ममाथि भए पनि तल राखिएको थियो,’
यादवको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले सभापतिले त्रुटी सच्चाउनुभयो त के बिगार्नुभयो ?’
लगत्तै सिंह जंगिए, ‘बढी कुरा गर्ने, थर्काउने, एउटाको मात्र कुरा गर्ने ?’ प्रकाशमान उठेपछि सभापति देउवा आसनबाट उठेर ‘बढी कराउने ?’ भन्दै चुप लाग्न भने । सदस्यहरू आक्रोशित भएपछि बाँकीको क्रम पनि मिलाउने
आश्वासन सभापतिले दिएका छन् ।

No comments:
Post a Comment